नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंकिङ प्रणालीमा तरलताको अवस्था कसिलो भएपछि रिपो मार्फत उक्त रकम पठाउन लागेको हो ।
केन्द्रीय बैंकले बिहीबार १४ दिनका लागि रिपोमार्फत २० अर्ब रूपैयाँ सापटी दिने भएको हो । राष्ट्र बैंकले पुस ७ गते विहीबार बोलकबोल मार्फत उपलब्ध गराइने सो रिपोको अवधि पुस २१ गतेसम्मका लागि निर्धारण गरिएको छ ।
आवेदकले न्यूनतम १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन ।
केन्द्रिय बैंकले बिहीबार जारी गर्न रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बोलकबोल मार्फत जारी हुने सो रिपोको क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत खरिद गर्न सक्नेछन।

चालु आर्थिक वर्ष सुरु भएपछि केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको यो आठौं पटक हो । केन्द्रीय बैंकले चालु आवको हालसम्ममा कुल गरेर एक खर्ब ७० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ ।
राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीमा तरलता अभाव हुँदा रिपो जारी गरेर बजारमा तरलता प्रवाह गर्ने गर्छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत अन्तर बैंक कारोबार दर नीतिगत दर भन्दा २ प्रतिशत धेरै विन्दुले बढेको अवस्थामा रिपो जारी गर्ने व्यवस्था छ ।
हाल अन्तर बैंक कारोबार दर ७.८९ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले नीतिगत दरलाई ७ प्रतिशत तोकेको छ । नीतिगत दर भनेको ओभरनाइट रिपो रेट हो । वित्तीय प्रणालीमा तरलता कसिलो स्थितिमा रहँदा अन्तर बैंक ब्याजदर बढ्दै जान्छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया