इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १९ अर्ब नाघ्यो, मेगा बैंकसँगको मर्जर प्रस्ताव पारित

0
Shares

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको चुक्ता पुँजी १९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाण्डौंमा बिहीबार सम्पन्न भएको बैंकको ३६ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर पारित गरेसँगै बैंकको पुँजी १९ अर्ब नाघेको हो ।

२०७९ साल पुस ७ गते बिहीबारका सम्पन्न सभाबाट आर्थिक वर्ष २०७८/७९ बाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश लगानीकर्ताहरुलाई वितरण गर्ने प्रस्ताव पनि पारित भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने निर्णय पनि आजको साधारण सभाबाट पारित भई छिट्टै मर्जर प्रकृया सम्पन्न गर्ने निर्णय गरेको छ । दुई बैंक चाँडै नै संयुक्त कारोबार गर्ने क्रममा रहेका छन् ।

इन्भेष्टमेण्ट बैंकले आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब २८ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । निक्षेप अघिल्लो वर्ष १७९ अर्ब ४० करोड रहेकोमा आर्थिक वर्ष २०७८।७९ मा ७ अर्ब ३६ करोड रुपैयाँ बढेर ८६ अर्ब ७६ करोड पुगेको छ । त्यसैगरी कर्जा लगानी तर्फ अघिल्लो वर्ष १६१ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ९१ करोड रुपैयाँ बढेर १६४ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ ।

हाल बैंकको ८ वटा शाखा कार्यालय, १३१ वटा एटिएम, २३ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजस्व संकलन काउण्टर तथा ५९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत १० लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

स्तरिय बैंकिङ्ग सेवा प्रदान गरे वापत यस बैंकले बेलायतको द फाइनान्सियल टाइम्सले प्रदान गर्ने ‘बैंक अफ द इयर’ अवार्ड छैठौं पटक २०२२ मा प्राप्त गरेको छ । साथै, यस बैंकले अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीले प्रदान गर्ने ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ को युरोमनी अवार्डहरु समेत प्राप्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७९, बिहिबार  १३ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।