सबैजसो कम्पनीहरुको लाभांश क्षमता घटिरहेको बेला नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी) ले भने शतप्रतिशतको आकर्षक लाभांश वितरण गर्ने भएका छन् ।
बहुमत स्वामित्वमा सरकारी लगानी रहेर नियामक निकायको भुमिकामा समेत रहेका कम्पनीको आम्दानी निरन्तर वृद्धि हुँदा लगानीकर्तालाई राम्रो लाभांश वितरण गर्न सकेका हुन् ।
सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेप्से र उसकै सहायक कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ बाट चुक्ता पुँजी बराबर नै (शतप्रतिशत) नगद लाभांश वितरण गर्न लागेका हुन् ।
अघिल्लो आर्थिक वर्ष नेप्सेले चुक्ता पुँजीको शतप्रतिशत नगद र ६५.६७ प्रतिशत नगद गरी कुल १६६.६७ प्रतिशत र सिडीएससीले चुक्ता पुँजीको ४० प्रतिशत लाभांश वितरण गरेका थिए । अघिल्लो वर्षको तुलनामा नेप्सेले ६६.६७ प्रतिशत कम तथा सिडिएससीले ६० प्रतिशत धेरै लाभांश बाँड्न लागेको हो ।

यसअनुसार गत आवबाट नेप्सेले चुक्ता पुँजी बराबरको १ अर्ब रुपैयाँ नगद तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले ३० करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रि वाणिज्य बैंक (साविक एनआइडिसी डेभलपमेन्ट बैंक) को ६.१४ प्रतिशत, लक्ष्मी र प्रभु बैंकको समान ५/५ प्रतिशत र ब्रोकरको ०.६० प्रतिशत सेयर हिस्सा छ ।










प्रतिक्रिया