साधना लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ बाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तको पुस ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।










प्रतिक्रिया