सीवाईसी नेपाल लघुवित्तको साढे ३१ प्रतिशत लाभांश घोषणा

0
Shares

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८।७९ बाट चुक्ता पुँजीको ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको पुस ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्त कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद गरि कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ रहेको छ । प्रस्तावित ३० प्रतिशतले हुन आउने ३ करोड ६४ लाख ९२ हजार ५५१ रुपैयाँ ११ पैसा बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशतको हुन आउने १९ लाख २० हजार ६६० रुपैयाँ ५८ पैसा गरी नगद गरी कुल ३ करोड ८४ लाख १३ हजार २११ रुपैयाँ ६९ पैसा लाभाशं सेयरधनीहरुलाई वितरण गर्नेछ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।