मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत लाभांश बाँड्ने

0
Shares

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको पुस ७ गते बिहीबार बसेको बैठकले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने २ करोड ९४ लाख १ हजार ८४५ रुपैयाँ (कर सहित ) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ३० गते शुक्रबार कम्पनीको नवौँ वार्षिक साधारण सभा समेत डाकेको छ । काठमाण्डौ बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ११ बजे साधारण सभा आयोजना गर्ने निर्णय बैठकले गरेको हो ।

सभाले संस्थापक समूहबाट ४ जना, सर्वसाधारण समूहबाट २ जना र १ जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्नेछ ।

कम्पनीले लाभांश र सभा प्रयोजनका लागि पुस २१ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस २० गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कम्पनीको सेयरधनी दर्ता किताबमा कायम रहने सेयर लगानीकर्ताहरुले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  १४ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।