प्राधिकरण र आईस्पान बिच पोलभाडा विवाद फेरि बल्झियो

0
Shares

नेपाल विद्युत प्राधिरकण र इन्टरनेट सेवा प्रदायक संस्था बिचको पोलभाडा विवाद पुनः बल्झिएको छ । विद्युत प्राधिकरणले पोलबाट नहटाइएका तार सोमबार देखि काटिदिने भन्दै सूचना जारी गरे पछि आईस्पानको ध्यानकर्षण भएको हो ।

आइस्पानले पोलभाडा दर सम्बन्धमा सरकारले निर्माण गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन प्राधिकरणले लागू नगरेको आरोप लगाएको छ । प्राधिरकरणले आफुखुशी फेरी पनि तार काटिदिने दबाब दिदै आएको आईस्पानको आरोप छ । जनताको लागि अत्यावश्यक मानिएको सुविधा बिना आधारमा काटेर जनतालाई सास्ती दिनु मानव अधिकार विरुद्धको कार्य भएको बताएको छ ।

पटक पटक विद्युत प्राधिकरणलाई पत्र मार्फत पोल तथा ओपिजिडब्लु भाडादर बिषयमा ताकेता गरि रहेको आइस्पानको दाबी छ । राज्यको उच्च स्तरीय समितिले दिएको र नेपाल विद्युत प्राधिकरण आफैले सही छाप गरेको प्रतिवदेन कार्यन्वयन गर्न समेत प्राधिकरणलाई आग्रह गरिएको आइस्पानका अध्यक्ष सुधिर पराजुलीले बताएका छन् ।

यस अघि प्राधिकरणले एकैपटक पोलभाडा दर ५०० प्रतिशत वृद्धि गरेको थियो । पोल भाडा वृद्धि गरे सँगै इन्टरनेटको शुल्क समेत बढ्ने भएपछि आइस्पानको मागमा नेपाल दुरसञ्चार प्राधिकरणको संयोजनमा मन्त्रालयले एक अध्ययन समितिले नै गठन गरेको थियो ।

अध्ययन समितिले पोल भाडाबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन नै बुझाएको छ । तर, सो प्रतिवेदन अनुसार प्राधिकरणले पोल भाडा कायम नगरेको आरोप लगाउँदै आएको छ । तर, विद्युत प्राधिकरणले भने सरकारले तोके बमोजिम नै आफुले भाडा दर कायम गरेको दाबी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० पुस २०७९, आइतबार  १४ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।