सुन-चाँदीको सोमबार कति तोकियो भाउ ?

0
Shares

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन चाँदी दुबैको भाउ स्थीर रहेको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५०० रुपैयाँ र र तेजावी सुन १ लाख रुपैयाँ निर्धारण गरिएको छ । यस्ते आज चाँदी तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार पनि आजकै भाउमा कारोबार भएको थियो । आइतबार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएर खरिद बिक्री हुँदा चाँदीको भाउ स्थीर रहेको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । शुक्रबार प्रतिऔँस अमेरिकी डलर १८०७ तथा चाँदी २३.७४ डलरमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ११ पुस २०७९, सोमबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।