दुुई हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट सर्वसाधारणमा आईपीओ सेयर जारी गर्न अनुमति पाएको छ । बोर्डका अनुसार पुस ७ गते बिहीबार जितुमाया सुरि हाइड्रोपावर र सानिमा मिडिल तमोरले बोर्डबाट अनुमति पाएका हुन् ।
धितोपत्र बोर्डका अनुसार जितुमाया सुरि हाईड्रोपावरले २२ लाख ८० हजार कित्ता तथा सानिमा मिडिल तमोरले बोर्डबाट ८३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो ।
जितुमाया सुरि हाइड्रोपावरले जारी पुँजी ७६ करोडको ३० प्रतिशत तथा सानिमा मिडिल तमोरले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेका हुन् । दुबै कम्पनीले स्थानीय, वैदेशिक रोगारमा रहेका र आम सर्वसाधारणलाई सेयर निष्कासनको अनुमति पाएका हुन् ।
जितुमाया सुरि हाइड्रोपावरमा संस्थापक ७० प्रतिशत र सानिमा मिडिल तमोरमा ७५ प्रतिशत सेयर हिस्सामा संस्थापक लगानी रहनेछ ।
बोर्डबाट सर्वसाधारणमा आईपीओ सेयर जारी गर्ने अनुमति पाएसँगै दुबै कम्पनीले अब आईपीओ निष्कासनको मिति तोकेर पहिलो चरणमा वैदेशिक रोजगरीमा गएका र स्थानीय बासिन्दाका लागि सेयर निष्कासन हुनेछ । यस्तै दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन हुनेछ ।
सानिमा मिडिल तमोरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । यस्तै जितुमाया सुरि हाईड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया