प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ मा बस्ने

0
Shares

नव निर्वाचित प्रतिनिधिहरुको पहिलो संसद बैठक पुस २५ मा बस्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते संसदको पहिलो अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

नेपालको संसद्मा प्रत्यक्ष १६५ र समानुपातिक ११० गरेर २७५ सिट रहेका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसले कुल २७५ मध्ये ८९ सीटमा जीत निकालेको छ ।

यस्तै दोस्रो ठुलो दल नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्रता पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, स्वतन्त्र तर्फ ५, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ३, नेपाल मजदूर किसान पार्टीका १ र राष्ट्रिय जनमोर्चा पार्टीका १ जना सांसद छन् ।

भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी गुरुङविरुद्ध भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिएको छ ।

संवैधानिक व्यवस्थामा तोकिएभन्दा २ दिन अगावै बैठक आह्वान गरिएको हो । प्रतिनिधिसभा अधिवेशन निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मिति (मंसिर २८)ले एक महिनाभित्र आह्वान गर्नुपछृ । जसअनुसार पुस २७ भित्र बैठक बोलाइसक्नुपर्ने हुन्थ्यो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार  १७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।