सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0
Shares

सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज पुस १३ गते अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाहरुले बुधबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आईपीओमा आवेदन दिन सकिनेछ । 

कम्पनीले मंसिर २१ गतेदेखि स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी पूँजी (५० करोड रुपैयाँ) को १० प्रतिशत अर्थात ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका (बरबोटे) ५, सुम्बेक २ र माईजोगमाई गाँउपालिका ५ सोयाँङ्गका स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत सेयर निष्कासन गरेको हो । यस्तै बाँकी ६० प्रतिशत अर्थात ३ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोवास गर्ने स्थानिय बासिन्दाहरुको लागि खुला गरिएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ। इो रेटिङ्ग प्राप्त संस्थाहरुमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

सुपरमाई हाइड्रोपावरद्वारा प्रबद्र्धित ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजनाले २०७५ कात्तिक ११ गतेदेखि व्यापारिक विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित १९ करोड ८ लाख ४८ हजार २०५ रुपैयाँ रहेको छ ।

आयोजनाको कुल लागत १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रुपैयाँ छ । आयोजनामा गरिएको लगानी फिर्ता हुने अवधि ५.७९ वर्ष रहेको छ भने डिस्काउण्डमा लगानी फिर्ता हुने अवधि ७.२७ वर्ष रहेको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार  १३ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।