दुई कम्पनीको बोनसमा सेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको आज कारोबार समयपछि सेयर मूल्य समायोजन भएको हो । दुबै कम्पनीले शुक्रबार लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बुकक्लोज गर्दैछन् ।

नेप्सेका अनुसार मेरो माइक्रोफाइनान्सले १० प्रतिशत बोनस सेयरपछि ८५८ रुपैयाँ ९ पैसा समायोजित भाउ तोकेको छ । बिहीबार लघुवित्तको सेयर अन्तिम पटक ९४३ रुपैयाँ ९० पैसामा खरिद बिक्री भएको थियो ।

यस्तै प्रिमियर इन्स्योरेन्सले १४.५० प्रतिशत बोनस सेयरपछि ६८९ रुपैयाँ ७२ पैसा समायोजित भाउ निर्धारण भएको छ । बिहीबार कम्पनीको सेयर अन्तिम पटक ७८८ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

बिहीबार समायोजित मूल्यालाई आधार मानेर दुबै कम्पनीको आइतबार धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।