आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १३ गते छैठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले होटल गाउँबेशीको सभाहल, वालिङ्ग, स्याङ्जामा बिहान ११ः३० बजे छैटौं वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सभाले गत आवको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, मर्जर तथा एक्विजिसज सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्ष नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ ३ गते बुकक्लोज तोकेको छ । बुकक्लोज अनुसार माघ २ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया