सुनको भाउ तोलामा ८०० रुपैयाँले घट्यो, चाँदी २० रुपैयाँ सस्तियो

0
Shares

शुक्रबार सुनचाँदी दुबैको भाउ घटेको छ । अघिल्लो दिन बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ८०० रुपैयाँ तथा चाँदीको भाउ २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ तथा तेजावी सुनको भाउ १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । बुधबारको तुलनामा बिहीबार भाउ घटेर चाँदी १ हजार ३६५ रुपैयाँ तोलामा झरेको हो । बिहीबार १ हजार ३८५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महङ्गिएसँगै बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँ तथा तेजावी सुनकोे भाउ १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । जुन रेकर्ड मूल्यभन्दा २ हजार ४०० रुपैयाँ कम हो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपाली बजारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १८३७ तथा चाँदी २३.३१ डलरमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।