प्रभु इन्स्योरेन्सको कुल ७.५० प्रतिशत लाभांश घोषणा

0
Shares

प्रभु इन्स्योरेन्स लिमिटेडले गत आव २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्ता पुँजीको ६.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।