युनाइटेड इदी मर्दीको लाभांश वितरण

0
Shares

युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले लाभांश वितरण थालेको छ ।  कम्पनीले पुस १८ गते देखि चुक्ता पुँजीको कर सहित १०.५२६ प्रतिशत नगद लाभांश वितरण थालेको छ ।

कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई उनीहरुकै बैंक खातामा नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत नगद लाभांश खातामा पठाउन सुरु गरेको हो ।

कम्पनीले नगद लाभांश जम्मा नभएका सेयरधनीलाई डिम्याट खातामा बैंक खाता र प्यान नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । सेयरधनीको बैंक खाताको नाम र बैंक खाता नम्बर हुबहु नमिलेको खण्डमा त्यस्ता सेयरधनीको नगद लाभांश वितरण हुन सकेको छैन । उक्त नामावली कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको वेवसाइट र युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको वेवसाइट मार्फत हेर्न सकिने सूचनामा उल्लेख छ ।

यस्तै मंसिर १६ गतेसम्म धितोबन्धक राखी कर्जा लिएका सेयरधनीको नगद लाभांश भने सम्बन्धी बैंकहरुबाट नो अब्जेक्सन लेटर र सो मितिभन्दा पछि कर्जा चुक्ता गरेकाहरुले सम्बन्धीत संस्थाको फुकुवापत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको मंसिर २८ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सञ्चालक समितिबाट प्रस्तावित चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।