नेपाल वेयर हाउजिङले पौने १४ करोडको आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

0
Shares

नेपाल वेयर हाउजिङ कम्पनीले सर्वसाधारणमा पौने १४ करोडको प्रारम्भिक सार्वजनिक निष्कासन ( आईपीओ) गर्ने भएको छ ।  कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १३ करोड ७५ लाख मूल्यको १३ लाख ७५ हजार कित्ता आईपीओ बिक्री गर्न अनुमति मागेको छ ।

कम्पनीले पुँजी बजारको नियामक निकाय नेपाल धितोेपत्र बोर्ड (सेबोन) मा सेयर जारी गर्न अनुमति माग्दै पुस २२ गते शुक्रबार आवेदन दिएको हो । संस्थापकहरुबाट कूल पुँजीको ८० प्रतिशत बराबर ५५ करोड पुँजी पुर्याइसकेको कम्पनीले कुल पुँजीको २० प्रतिशत बाराबरको सेयर सवसाधारणहरुबाट संकलन गर्न लागेको हो ।

नेपाल वेयर हाउजिङ कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पूरा गर्दै आएको छ । कम्पनीले प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरु सञ्चालन गर्दै आएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको छ ।

यस कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १३९ करोड रुपैयाँ रहेको छ । सो मध्ये ९४ करोड ऋण र बाँकी स्व पूँजी परिचालन गरिने कम्पनीले जनाएको छ । ऋणको व्यवस्थापन एभरेस्ट बैंक को अगुवाइमा नेपाल एसविआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषि विकास बैंकको सहवित्तीयकरणमा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।