माउन्टेन इनर्जी नेपालको लाभांश वितरण

0
Shares

माउन्टेन इनर्जी नेपाल लिमिटेडको १०.५३ प्रतिशत नगद लाभांश वितरण सुरु भएको छ ।  कम्पनीको पुस ८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर समेत १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

कम्पनीले साधारण सभाका लागि गरेको बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीको हितग्राही खातामा उल्लेख बैंक खातामा क्लियरिङ्ग हाउसको आईपीएस मार्फत नगद लाभांश जम्मा गरेको हो ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडले साधारण सभा प्रयोजनका लागि मंसिर २७ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार मंसिर २६ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश पाउनेछन् ।

हालसम्म बैंक खाता अद्यावधिक नगरेका सेयरधनीहरुलाई कम्पनीले यथाशीघ्र बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंक खाता अद्यावधिक भएपछि मात्र नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।

मंसिर २६ गतेसम्म धितोबन्धक राखेका सेयरधनीहरूको नगद लाभांश भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र प्राप्त भएपछि मात्र जम्मा गरिने कम्पनीले जनाएको छ । साथै उक्त मिति पछि कर्जा चुक्ता गरेका सेयरधनी सदस्यहरूले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र लाभांश जम्मा गरिने कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।