एनएमबि लघुवित्तले घटाएर प्रस्ताव गर्‍यो लाभांश‚ कति दिँदैछ ?

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले १२.११ प्रतिशत बिन्दुले घटाएर लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६५ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७।७८ बाट कम्पनीले २१.५० प्रतिशत बोनस सेयर र कर तिर्न १.१३५ नगद गरी कुल २२.६३५ लाभांश दिएको थियो ।
हाल एनएमबि लघुवित्तको चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजार ८६२ रुपैयाँ रहेको छ । प्रस्तावित ६ करोड ५५ लाख ८६ हजार २८६ रुपेयाँ बराबरको बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ पुग्नेछ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।