सुनको भाउ तोलामा २०० रुपैयाँ बढ्यो

0
Shares

सुनको भाउ बिहीबार तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख ३ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजावी सुन प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन बुधबार चाँदी १ हजार ३६५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।

महासंघले अनतराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८८२ डलर र चाँदी प्रति औंस २३.७० डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।