युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ बाट सेयरधनीलाई चुक्ता पुँजीको ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँको ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद गरी कुल कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
सोही बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत गर्ने गरी काठमाण्डौ–४ बस्ने अमित पाण्डेलाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया