गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी बर्खास्त गर्दै

0
Shares

गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

कम्पनीले विश्वभरका आफ्ना कम्पनीहरुबाट कुल ६ प्रतिशत कर्मचारी कटौती गर्ने र इन्जिनीयरहरु भर्ना नगर्ने जनाएको छ ।

विश्व अर्थतन्त्र मन्दी उन्मुख भएसँगै त्यसबाट आइटी कम्पनीहरु प्रभावित भएको प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले बताएका छन् । पिचाइले इमेल मार्फत कर्मचारीहरुको बर्खास्त गर्दै उनीहरुले गुगलमा गरेको कामको प्रशंसा गरेका छन् । यस्तै बर्खास्त गरिएका कर्मचारीहरुको जिम्मेवारी लिने पनि सुन्दर पिचाइले बताएका छन् ।

उनले कर्मचारीहरुलाई यो समय कठिन रहेको र नयाँ अवसरहरुको खोजीमा भएका कर्मचारीहरुको व्यवस्थापनमा आफूले सक्दो भूमिका निर्वाह गर्ने बताएका छन्।

यसअघि माइक्रोसफ्ट कर्पोरेशनले ११ हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको थियो भने इ–कमर्श तथा आएटी कम्पनी अमेजनले पनि १८ हजार कर्मचारी कतौती गर्ने निर्णय गरेको थियो ।

कोभिड संक्रमणको समयमा विश्व अनलाइन प्रविधिमा निर्भर रहेको थियो । मानिसहरुका आवश्यकता पूरा गर्न तथा ट्राफिक आउन नदिन ठूला आइटी कम्पनीहरुले ठूलो सङ्ख्यामा कर्मचारी भर्ना गरेका थिए ।

सन् २०२२ मा कोभिड–१९ संक्रमण कम हुँदै जाँदा भौतिक रुपमा नै उपस्थित भई काम सञ्चालनमा आउन लागेको छ ।

साथै विभिन्न कारणहरुले विश्व अर्थतन्त्र नै मन्दी उन्मुख रहेको छ । आर्थिक मन्दीको कारण देखाउँदै कम्पनीहरुले ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरिरहेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।