एशियन हाइड्रोपावरले माघ २७ देखि ७ लाख कित्ता आईपीओ खुला गर्ने

0
Shares

एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २०० कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले सर्वसाधारणका लागि कुल ८ लाख ४० हजार कित्ता साधारण सेयर छुटुटाएको थियो । जसमध्ये कर्मचारीहरुका लागि १६ हजार ८०० कित्ता र सामुहिक लगानी कोषहरुका लागि ४२ हजार कित्ता सुरक्षित गरिएको छ।

कम्पनीले यसअघि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि कुल सार्वजनिक निष्कासनमा आउने सेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता साधारण सेयर निष्कान गरिसकेको छ ।

यस्तै कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि ३ लाख ४० हजार कित्ता कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओको निष्काशन बन्द फागुन २ गते हुनेछ । लगानीकर्ताहरुले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

गत आर्थिक वर्ष २०७८/७९ सम्ममा कम्पनी कुल २ करोड २९ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ ३ पैसा ऋणात्मक रहेको छ । कम्पनीमा गरिएका्े साधारण लगानी फिर्ता हुन ७.०९ वर्ष र डिस्काउन्टमा फिर्ता हुन १९.८३ वर्ष लाग्नेछ ।

कम्पनीले ६.२ मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड १५ लाखका दरले १ अर्ब ३१ करोड रहेको छ । आयोजनाले २०७८ कार्तिक १५ गतेदेखि व्यावसायिक रुपमा विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १७ माघ २०७९, मंगलबार  ०९ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।