पीएलओको आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रवन्धक

0
Shares

पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले सर्वसाधारणलाई ५ लाख कित्ता सेयर जारी गर्ने भएको छ । जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता माघ १८ गते बुधबार सम्पन्न भयो । सम्झौतामा पुर्वाञ्चल ल्यूब आयल लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरे ।

सुन्दरहरैचा ०९, मोरङ्ग, बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूब आयल लिमिटेडले विगत २३ वर्षदेखि विभिन्न प्रकारका पिएलओ ब्राण्डको ल्यु्रबीकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको छ ।

कम्पनीले आफनो उत्पादन तथा बिक्री बितरण हाल नेपाल भर ९३ भन्दा बढी डिलर र ११ हजार भन्दा बढी खुद्रा व्यापारी मार्फत पीएलओ ब्राण्डको ल्युब्रिकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७९, बिहिबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।