मोलुङ्ग हाइड्रोपावरको सेयर बाँडफाँड, कसले कति पाए ?

0
Shares

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको १० लाख ७५ हजार ३५० कित्ता आईपीओ माघ २४ गते मंगलबार सेयर बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगा जिल्लाका बासिन्दाका लागि जारी गरेको ८ लाख २ हजार ५०० कित्ता तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेको नेपालीहरुको लागि जारी गरिएको २ लाख ७२ हजार ८५० कित्ता सेयर मंगलबार बाँडफाँड भएको हो ।

स्थानीय बासिन्दाका लागि अधिकतम ८२० कित्तासम्म

बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम स्थानीय बासिन्दाका लागि अधिकतम ८२० कित्तासम्म बाँडफाँड गरिएको छ । मोलुङ्ग गाउँपालिकाका वडा नम्बर १ देखि ८ सम्मका बासिन्दाहरुले अधिकतम ८२० कित्ता सेयर पाएका हुन् । यस्तै सुनकोशी गाउँपालिकाका बासिन्दाहरुको अधिकतम ३४२ कित्ता र र सिद्धिचरण गाउँपालिकाका बासिन्दाहरुले अधिकतम १९१ कित्तासम्म सेयर हात पारेका हुन् ।

यस्तो छ स्थानीय बासिन्दाको बाँडफाँड मोडलः–

कम्पनीले मोलुङ्ग गाउँपालिकाका गाउँपालिकाका वडा नम्बर १ देखि ८ सम्मका बासिन्दाहरुबाट १९२७ वटा आवेदन प्राप्त भएको थियो । जसमध्ये १० देखि ८०० कित्तासम्म माग गर्ने १८ सय ७ जनालाई माग बमोजिम ३ लाख २ हजार ८५० कित्ता र ९०० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने १२० जनालाई ८२० कित्ताका दरले ९८ हजार ४०० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

यस्तै सुनकोशी गाउँपालिकाका वडा नम्बर १ देखि १० सम्मका बासिन्दाहरुमध्ये १० देखि ३३० कित्तासम्म माग गर्ने १४ सय ७ जनालाई माग बमोजिम १ लाख ४२ हजार ३२० कित्ता र ३४० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने १७४ जनालाई ३३० कित्ताका दरले ५७ हजार ४२० कित्ता बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरी बाँकी रहेको सेयरमध्ये ३४० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने ८८ जनालाई थप १० कित्ताका दरले ८८० कित्ता र ५ जनाले थप १ कित्ताका दरले ५ कित्ता सेयर बाँडफाँड गरिएको हो ।

यसैगरी सिद्धिचरण गाउँपालिकाका वडा नम्बर १ देखि १२ सम्मका बासिन्दाहरुमध्ये १० देखि १७० कित्तासम्म माग गर्ने १६ सय ५२ जनालाई माग बमोजिम १ लाख १३ हजार ९०० कित्ता र १८० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने ४६० जनालाई १८० कित्ताका दरले ८२ हजार ८०० कित्ता बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरी बाँकी रहेको सेयरमध्ये १८० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने ३९२ जनालाई थप १० कित्ताका दरले ३ हजार ९२० कित्ता र ५ जनाले थप १ कित्ताका दरले ५ कित्ता सेयर बाँडफाँड गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेकालाई अधिकतम ३० कित्तासम्म बाँडफाँड

बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम वैदेशिक रोजगारीमा रहेका बासिन्दाले अधिकतम ३० कित्तासम्म सेयर बाँडफाँड गरिएको हो ।

जसमध्ये २० कित्तासम्म माग गर्ने २ हजार ९०५ जनालाई माग बमोजिम ४४ हजार ३८० कित्ता, ३० देखि ८ हजार कित्तासम्म माग गर्ने ८ हजार ९८ जनालाई २० कित्ताका दरले १ लाख ६१ हजार ९६० कित्ता र ३० देखि ८ हजार कित्तासम्म माग गर्ने ६ हजार ६५१ जनालाई थप १० कित्ताका दरले ६६ हजार ५१० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

यसअनुसार वैदेशिक रोजगारीमा रहेका ६ हजार ६५१ जनाले ३० कित्ताका दरले, २ हजार ९८० जनाले २० कित्ताका दरले र १ हजार ३७२ जनाले १० कित्ताका दरले आईपीओ हात पारेका छन् ।

बाँडफाँड नतिजा कसरी हेर्ने ?

बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले बिक्री प्रबन्धक सनराइन क्यापिटलको वेवसाइट, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आईपीओ नतिजा हेर्नका लागि नै विकास गरेको वेवसाइटमेरो सेयरको एप्लिकेसन रिर्पोटमा गएर नतिजा हेर्न सक्नेछन् ।

यस्तै स्थानीय बासिन्दाको हकमा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेवसाइट, सेयर निष्कासकर्ता कम्पनी मोलुङ्ग हाइड्रोपावर कम्पनीको वेवसाइट तथा आवेदन संकलन गरेका बैंक तथा वित्तीय संस्थाहरुबाट समेत थाहा पाउन सकिनेछ ।

संकलन केन्द्रहरुबाट दरखास्त बुझाएका लगानीकर्ताहरुको बाँडफाँडमा आंशिक र नपरेको सेयर वापतको रकम माघ २९ गते आइतबारदेखि सम्बन्धित आवेदकहरुले आफुले दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको जनाइएको छ ।

कम्पनीले जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड २ लाख ५० हजार रुपैयाँ रकम बराबरको एक सय रुपैयाँ अंकित दरको ८, लाख २ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र ओखलढुंगा जिल्लाका बासिन्न्दालाई जारी गरेको थियो । जसमध्ये ओखलढुंगा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुको लागि ५ प्रतिशत, सुनकोशी गाउँपालिकाका बासिन्दाहरुको लागि २.५ प्रतिशत र सद्धिचरण गाउँपालिकाका बासिन्दाहरुका लागि २.५ प्रतिशत सेयर बिक्री खुला गरेको थियो । स्थानीय बासिन्दाका लागि २०७९ पुस १९ गते देखी २०७९ माघ १५ गतेसम्म बिक्री खुला गरिएको थियो ।

यस्तै कम्पनीले सर्वसाधारणमा निष्कासन हुने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको २७ लाख २८ हजार ५०० कित्ता साधारण सेयर छुट्टाएको छ । सर्वसाधारणलाई छुट्टाएको सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेको नेपालीहरुको लागि २०७९ पुस १९ गते देखि २०७९ माघ ३ गतेसम्म बिक्री खुल्ला गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७९, बुधबार  १४ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।