लगातार ५ दिन घटेको सुनको भाउ आइतबार बढ्यो

0
Shares

लगातार पाँच दिन घटेको सुनकाे भाउ आइतबार बढेको छ । माघ २९ गते बढेसपछि ओरालो लाग्न थालेको सुनको भाउ फागुन ७ गते आएर बढेको हो । यसबीचमा सुनको भाउ १ हजार ५०० रूपैयाँले घटेको थियो ।

माघ २९ गते १ लाख ४ हजारमा कारोबार भएको सुन शुक्रबारसम्म तोलामा १ हजार ५०० रूपैयाँसम्म घटेर १ लाख २ हजार ५०० रूपैयाँमा काराेबार भएको थियो । ६ दिनकाे गिरावटपछि आइतबार भने  सुनको भाउ तोलाको ७०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारको तुलनामा सुन आज ७०० रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३ हजार २०० रूपैयाँ निर्धारण भएको छ । यस्तै तेजावी सुन १ लाख २ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार छापावाल सुन १ लाख २ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २९० रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा घटबढ हुने सुन र चाँदीको भाउका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ ।  आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८४३ अमेरिकी डलर र चाँदी प्रतिऔंस २१.७३ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०७९, आइतबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।