सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने आइएमएफको प्रक्षेपण

0
Shares

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

आइएमएफले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदन अनुसार नेपालले सन २०२३ मा ५ प्रतिशत तथा सन २०२४ मा ५.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो ।

आइएमइफले सन २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने अनुमान गरेको थियो ।

त्यस्तै सन २०२३ मा नेपालको मुद्रास्फिति भने ७.७ प्रतिशत रहने प्रक्षेपण पनि आइएमएफले गरेको छ । मुद्रास्फिति निर्धारित सीमाभित्र नआए केन्द्रीय बैंकले थप ब्याजदर बढाउनु गरी कदम चाल्नु पर्ने कोषको सुझाव छ ।

 अनुसार सन् २०२३ मा एशियाली देशको अर्थतन्त्र ४.७ प्रतिशतले वृद्धि हुने अनुमान छ । सन् २०२२ मा एशियाली देशको अर्थतन्त्र ३.८ प्रतिशतले वृद्धि भएको थियो ।

दक्षिण एशियाली देशमध्ये भारतको आर्थिक वृद्धि सबैभन्दा धेरै ६.१ प्रतिशत हुँदा श्रीलंकाको अर्थतन्त्र ३ प्रतिशतले नकारातक हुने कोषका अनुमान छ । चीनको आर्थिक वृद्धि १ प्रतिशतले बढ्दा समग्र एशियाली देशको अर्थतन्त्र करिब ०.३ प्रतिशतले बढ्ने आइएमएफले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।