जनवरीमा रुसी बैंकहरुको नाफा २५८ अर्ब रुबल

0
Shares

सन् २०२३ को जनवरीमा रुसी बैंकहरुले २५८ अर्ब रुबल अर्थात् ३ अर्ब ४५ करोड अमेरिकी डलर नाफा कमाएको रुसी केन्द्रीय बैंकले जनाएको छ । बैंकहरुको नाफा सन् २०२२ को जनवरी महिनाको तुलनामा सन् २०२३ को जनवरीमा १.५ गुणाले बढेको हो ।

सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमा हमला गरेपछी रुस माथि अमेरिका, बेलायत, युरोपियन युनियन लगायतका शक्तिशाली राष्ट्रहरुले रुसमा कठोर आर्थिक प्रतिबन्धहरु लगाएका थिए । अमेरिकाले रुसी बैंकहरुमा रहेको डलर जफत गरेको थियो । बेलायत, अमेरिका, इटाली, जापान, युरोपियन युनियन अन्तर्गतका राष्ट्रहरुले रुसले यी देशहरुमा सन्चालन गरेका व्यवसायहरु बन्द गराएका थिए । तथापि रुसी बैंकहरुको नाफा गत जनवरीको तुलनामा बढेको छ ।

रुस माथी लगाइएका प्रतिबन्धहरुको प्रतिरोधमा रुसले रुसी रुबल मै कारोबार गर्न आदेश दिएको थियो । रुसले पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, स्टिल, आल्मुनियम लगायतका धातुहरुको निर्यात गर्दै आएको छ । पश्चिमा मुलुकहरुले रुस माथी प्रतिबन्ध लगायता पनि रुसले चीन, भारत लगायतका एशियाली राष्ट्रहरुसंग व्यापार बढाएको छ । जसकारण रुसले मनग्य आम्दानी गरिरहेको छ । यस्तै देशहरुले प्रतिबन्ध लगाए पनि ठुला कर्पोरेट हाउसहरु संगको व्यापार कायम रहदा आम्दानी बढेको छ ।

रुसले युक्रेनमा हमला गरेपछी विभिन्न अन्तराष्ट्रिय प्रतिबन्धको सामना गरेको रुसले रुसी रुबल कमजोर हुन नदिन ब्याजदर बढाएर २० प्रतिशत सम्म पुर्याएको थियो । यो समय अन्तरालमा बैंकहरुले राम्रो नाफा आर्जन गर्न सफल भएका थिए । तथापी अन्तराष्ट्रिय विनिमय बजारमा रुबलले बलियो प्रदर्शन गरेपछी हाल रुसी केन्द्रीय बैंकले ब्याज दर घटाइ ७.५ प्रतिशतमा झारेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।