अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नेक्सन ईभि वेमेन ड्राइभ द नेशन’ सम्पन्न

0
Shares

‘नेक्सन ईभि वेमेन ड्राइभ द नेशन’ नारा का साथ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिप्रदी टाटा मोटर्सले नारी विशेष कार्यक्रम आयोजना गरेको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देश विकास र पहिचान स्थापनामा नारीहरुको योगदानको उच्च कदर गर्दै ’नेक्सन ई.भी. वेमेन ड्राइभ द नेशन’ नारा का साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको एक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको यस वर्षको ’डिजिटल ः आविष्कार र प्रविधिमा लैङ्गिक समानता’ नारा बोकेको पहल लाई कुनै न कुनै रुपले सहयोग पुग्ने हेतुले अहिलेको विद्युतीय सवारी र त्यसको लागि जरूरी पूर्वाधार, सिप तथा जानकारी दिन ‘नेक्सन ईभि वेमेन ड्राइभ द नेशन’ कार्यक्रम आयोजना गरिएको जानकारी प्यासेन्जर भेहिकल प्रमुख शावंत जंग सिजापतिले दिए ।

विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणाली सम्बन्धि जानकारी अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै एकदम जरूरी छ र यसमा हरेक व्यक्तिले नयाँ प्रविधि जान्नु – बुझ्नुपर्ने समय रहेको जानकारी टाटा मोटर्सका तर्फबाट कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए ।

आ–आफ्नो क्षेत्रबाट विशेष योगदान दिइरहनु भएका आमन्त्रित महिलाहरुलाई नेक्सन ई.भी. को प्रयोगद्वारा वातावरण संरक्षणमा पनि टेवा पुर्याउन प्रोत्साहन गर्न थापाथली स्थित शोरुमबाट बागडोल हुँदै नैकाप सम्म नेक्सन ई.भी.मा सवार गरिएको थियो। यसै दौरान बागडोलमा ग्राहक सेवा प्रमुख संग संगै कर्मचारी द्वारा फास्ट चार्जिङ्ग स्टेशनका महत्वपूर्ण जानकारी, ईभी गाडीमा ख्याल राख्नु पर्ने र जान्नु पर्ने तरिकाहरु सिकाइएको थियो ।

यसै भ्रमणका क्रममा नेपालको एकमात्र ब्याट्री डायग्नोस्टिक तथा रेस्टोरेसन फेसिलिटीमा ईभि गाडीको हेरचाह तथा मर्मत नेपाल मा गर्न सकिने विश्वस्तरीय उपकरणहरु पनि देखियो ।

बागडोलपश्च्यात सिप्रदी नैकाप स्थित ’इभी लर्निङ सेन्टर’ मा विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणाली सम्बन्धि जानकारी गराइएको थियो । दक्षिण एशियाकै एकमात्र ट्रेनिङ्ग सेन्टर जहाँ पूर्णरुपमा संचालित उच्च उपकरणहरु पढ्न, बुझ्न र सिक्न सकिने ’इभी लर्निङ सेन्टर’को भ्रमण गर्दै विभिन्न जिज्ञासाहरु पनि राख्ने मौका दिएको ट्रेनिङ्ग सेन्टरका सुमिरा क्षेत्री तथा प्रमुख दिपेश पौडेललाई धन्यबाद दिए ।

नैकाप पुगे संगै विभिन्न मनोरन्जनात्मक खेल, प्रश्नोत्तर र खानपिनका विभिन्न परिकारको व्यस्था रहेको यस कार्यक्रमले नेक्सन ई.भी.का ग्राहक संग संगै मिस नेपालका प्रतिस्पर्धीलाई थप हौसला दिने विश्वास सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले लिएको छ । साथै “नारीहरुको योगदानको कदर हुनु सकारात्मक रहेको र यसले भावी पुस्तालाई देशको लागि केहि गर्न प्रोत्साहन गरिरहने” प्रमुख अतिथि डा.आकृति भारतीले पनि आफ्नो मन्तव्य मार्फत् व्यक्त गरिन् ।

नेक्सन ईभि का महिला ग्राहकहरुको सहभागिता संगै वात्सल्यकी वरिष्ठ प्रजनन् विशेषज्ञ डा.आकृति भारतीको प्रमुख आतिथ्य रहेको यस कार्यक्रममा मिस नेपालकी प्रियंका रानी जोशी, न्यान्सी खड्का र शरिसा श्रेष्ठ का साथै सिप्रदी ट्रेडिङ्गमा कार्यरत महिलाहरु र टाटा मोटर्सका महिला ग्राहकहरुको बाक्लो सहभागीता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।