सरकारले २३ अर्ब ८३ करोडकोे ट्रेजरी जारी गर्दै, के होला ब्याजदर ?

0
Shares

सरकारले आन्तरिक ऋण उठाउनका लागि नयाँ र पुरानो गरेर २३ अर्ब ८३ करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्सको बिक्री गर्ने भएको छ ।

सरकारले आन्तरकि ऋण उठाउनका लागि ७ अर्ब रुपैयाँ बरावरको नयाँ र १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरीलाई नविकरण गर्न लागेको हो । राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाइदिने गर्छ ।

सरकारले विकास खर्च गर्न नसकेको र चालु खर्चका लागि समेत राजस्व संकलन नभएपछि अन्तरिक ऋण उठाउने क्रमलाई बढवा दिएको हो । चालु खर्च पनि प्रयाप्त नहुने गरी राजस्व संकलन भएपछि सरकारले बैंकिङ क्षेत्रको जटिल अवस्थामा पनि आन्तरिक ऋण उठाउन लागेको हो ।

सरकारले सोमबार ५ अर्बको २८ दिने, ५ अर्ब ५३ करोडको ९१ दिने, ४ अर्ब ३० करोडको १८२ दिने तथा २ अर्ब बराबरको ३६४ दिने पुरानो ऋणपत्रको सावाँ फिर्ता नगरी नविकरण गर्न लागेको हो । त्यसैगरीे ७ अर्ब बरावरको ३६४ दिने नयाँ ट्रेजरी मार्फत आन्तरिक ऋण उठाउन खोजेको हो ।

चैत्र ६ गते सोमबार बोलकबोल हुने ट्रेजरी बिल्स चैत्र ८ गते बुधबार निष्कासन हुनेछ।

बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएसंगै पछिल्लो समयमा ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि एकल अंकमा झरेको छ ।

बैंक वित्तीय संस्थाले ब्याजदर घटाउन थाले पछि ट्रेजरीमा लगानी बढाउने उच्च प्रतिस्पर्धाले दोहोरो अंकमा रहेको डिस्काउन्ट रेट समेत घटेर एकल अंकमा आएको हो ।

सरकारले गत फागुन २९ गते सोमबार १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनका लागि ट्रेजरी बिल्सको बोलकबोल आह्वान गरेको थियो । सबै प्रकारका ट्रेजरी बिल्सको डिस्काउन्ट रेट एकल अंकमा आएको छ ।

ट्रेजरी बिल्सको रेट निरन्तर घट्न थालेपछि फागुन महिनामा स्थीर राखेका बैंक वित्तीय संस्थाले समेत चतमा निक्षेप तथा कर्जाको ब्याजदर घटाउने निर्णय गरीसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।