सिटी होटलको आईपीओ नतिजा कसरी हेर्ने ?

0
Shares

सिटी होटलको साधारण सेयर (आईपीओ) आज बैशाख १२ गते मंगलबार बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम १६ हजार ७४० आवेदकले १० कित्ताका दरले होटलको सेयर प्राप्त गरेका हुन् ।

बाँडफाँडमा सदर आवेदकमध्ये २ हजार ९९९ जनाको हात खाली भएको छ । यो कुल सदरको १५.१९ हो । कुल सदर आवेदकको ८४.८१ प्रतिशत आवेदकले भने सेयर प्राप्त गरेका छन् । आईपीओमा कुल १९ हजार ७४८ आवेदन परेकोमा ९ वटा आवेदन रितपुर्वक नभएपछि रद्द गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

होटलको आईपीओ बाँडफाँडको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेवसाइट, सीडिएस एण्ड क्लियरिङ्गले आईपीओ नतिजा हेर्नका लागि विकास गरेको वेवसाइट, मेरो सेयरको एप्लीकेसन रिर्पोट र धितोपत्र निष्काशक कम्पनी सिटी होटलको वेवसाइटबाट समेत हेर्न सकिनेछ ।

१.  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेवसाइट

२. सीडिएस एण्ड क्लियरिङ्गले आईपीओ नतिजा हेर्नका लागि विकास गरेको वेवसाइट

३. मेरो सेयरको एप्लीकेसन रिर्पोट

४. धितोपत्र निष्काशक कम्पनी सिटी होटलको वेवसाइट

 

कम्पनीले २०७९ चैत २१ गतेदेखि २०८० बैशाख ५ गतेसम्म १ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गरेको थियो । होटलको सेयर खरिदका लागि कुल १९ हजार ७४८ आवेदनबाट कुल ५ करोड ६८ लाख ९ हजार रुपैयाँ बराबरको ५ लाख ६८ हजार ९० कित्ताका लागि आवेदन परेको थियो । सोमध्ये १९ हजार ७३९ आवेदनबाट परेको ५ लाख ६७ हजार ९७० कित्ताको माग स्वीकृत भएको थियो भने ९ वटा आवेदनबाट माग भएको १२० कित्ता रद्द भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये दश प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २०७९ चैत २१ गतेदेखि २०८० बैशाख ५ गतेसम्म निष्काशन गरेको हो ।

होटलले सर्वसाधारणका लागि यहि बैशाख २५ गतेदेखि २८ गतेसम्म निष्कासन गर्दैछ । प्रति सेयर १०० अंकित दरका १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।