अन्तर्राष्ट्रिय व्यापारमा युवानको प्रयोग बढाउँदै चीन, ४८.४% भुक्तानी युवानमा

0
Shares

अन्तर्राष्ट्रिय विनिमय तथा व्यापार मुद्राको रुपमा प्रयोग हुँदै आएको डलरलाई विस्थापित गर्न चीनले आफ्नै मुद्रा युवानको प्रयोग बढाउँदै आएको छ ।

पछिल्लो समयमा चीनसँग व्यापार सम्झौता भएका राष्ट्रहरुले चिनियाँ युवानमै भुक्तानी गर्न सुरु गरेका छन् । मार्च महिनामा चीनले गरेको कुल निर्यातको ४८.४ प्रतिशत भुक्तानी युवानमा भएको छ ।

देशहरुले युवानमै खरिद बिक्री सुरुगरेपछि डलरबाट हुने भुक्तानीको हिस्सा घटेको छ । फेब्रुअरी महिनामा कुल निर्यातको ४८.६ प्रतिशत भुक्तानी डलर मार्फत भएको थियो । तर मार्च महिनामा डलरबाट हुने भुक्तानीको हिस्सा घटेर ४६.७ प्रतिशत पुगेको छ ।

सोसाइटी फर वल्र्डवाइड इन्टरबैंक फाइनान्सीयल टेलिकम्युनिकेसनका अनुसार हाल अन्तर्राष्ट्रिय व्यापारको भुक्तानी लिँदा वा दिँदा ८३.७१ प्रतिशत डलर र ४.५ प्रतिशत युवान प्रयोगमा आइरहेको छ ।

चीनले १२० देशहरुसँग व्यापार गर्दै आएको छ । विश्वव्यापी रुपमा युवानलाई अन्तर्राष्ट्रिय व्यापार मुद्राको रुपमा परिचालन गर्न सहज नभएता पनि चीनले विभिन्न देशहरुसँग छलफल गरी डलरको विकल्पमा प्रयोग हुन सक्ने मुद्राहरुको विषयमा छलफल गरिरहेको छ ।

दक्षिण अफ्रिका, रुस लगायतका देशहरुले चीनको यो कदमलाई सराहना गर्दै आएका छन् । हालै अर्जेन्टीनाले चीनलाई चिनियाँ युवानमा नै भुक्तानी गर्ने जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।