यूनाइटेड र अजोड इन्स्योरेन्सले पारित गरे मर्जर प्रस्ताव, सेयर स्वाप कति ?


मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित गराएका छन् ।

सोमबार काठमाण्डौंमा सम्पन्न दुबै संस्थाको विशेष साधारण सभाले एक आपसमा मर्जर पूरा गर्ने प्रस्ताव पारित गरेका हुन् । दुबै कम्पनीको साधारण सभाले मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम “यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” राख्ने प्रस्ताव पारित गरेका छन् । दुई कम्पनी यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड तथा अजोड इन्स्योरेन्स लिमिटेडको चल÷अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको १००ः८२.५० कित्ताको सेयर स्वाप रेसियो कायम गर्ने गरी गाभ्ने ÷गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न सहमत भएका हुन् । सो प्रस्ताव दुबै संस्थाको विशेष प्रस्तावको रुपमा अनुमोदन गरेका छन् । यससँगै युनाइटेडका सेयरधनीको सेयर यथावत रहनेछ भने अजोड इन्स्योरेन्सका सेयरधनीले मर्जर पश्चात १० कित्ता बराबर ८.५० कित्ता प्राप्त गर्नेछन् ।

साथै यूनाइटेड तथा अजोड एक आपसमा गाभिए पश्चात कम्पनीको संस्थापक तथा सर्वसाधारण सेयरको स्वामित्व प्रतिशत समेत फेरबदल हुने हुँदा कम्पनीको प्रबन्धपत्र र नियमावलीको दफामा संशोधन गर्ने, सम्झौता पत्र अनुसार कम्पनीको नाम, अधिकृत पूँजी, जारी पुँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने अन्य आवश्यक कार्य गर्ने साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा सम्बन्धित दफामा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित भएको छ । उपरोक्त संशोधनहरु नियमनकारी निकायबाट फेरवदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरवदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय पनि विशेष सभाले पारित गरेको छ ।

यूनाइटेड तथा अजोड एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी सहमति पत्र, अन्तिम सम्झौता पत्र तथा अन्य भए गरेका सम्झौताहरु लगायत सम्पूर्ण काम कारवाहीको अनुमोदन गर्ने विशेष प्रस्ताव सोमबार सम्पन्न विशेष साधारण सभाबाट दुबै कम्पनीले पारित गराएका छन् । साथै मर्जर प्रयोजनका लागि दुबै कम्पनीको चल/अचल सम्पति दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखापरीक्षक÷मूल्याङ्कनकर्ता एस.आर.पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गरिएको छ ।

साथै मर्जर प्रयोजनका लागि भएको सम्झौता बमोजिम सोको आवश्यक स्वीकृतिका लागी नियमनकारी निकायमा निवेदन दिने र मर्जर कार्यसँग सम्बन्धित प्रचलित कानून, निर्देशनहरु बमोजिम अपनाउनुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु एवं प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धमा नियमनकारी निकायहरुबाट निर्देशन गरे बमोजिमका कागजात तथा विवरणहरु तयार गर्ने, सो उपलब्ध गर्ने र गराउने र मर्जर कार्य सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्न विशेष प्रस्ताव पनि दुबै संस्थाको विशेष साधारण सभाबाट पारित भएको छ ।

दुबै संस्थाका साविक सञ्चालक समितिका सदस्यहरुको कार्यकाल जतिसुकै बाँकी रहेता पनि मर्जर सम्पन्न भई साबिक दुबै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भए पश्चात विद्यमान सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछि बन्ने कम्पनीको वार्षिक÷विशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव दुबै कम्पनीले पारित गरेका छन् ।

यूनाइटेड इन्स्योरेन्स तथा अजोड इन्स्योरेन्स एक आपसमा गाभिएपछि कम्पनीको केन्द्रीय कार्यालय बागमती प्रदेश काठमाण्डौ महानगरपालिका वडा नं. ११, सुन्धारा, काठमाण्डौंमा रहने तथा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरियो । यूनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा बैशाख २५ गते सोमबार अनमोल बैंङ्गक्वेट शंखमुल तथा अजोड इन्स्योरेन्सको युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सम्पन्न भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।