सन् नेपाल लाइफको खुद बीमाशुल्क साढे २ अर्ब माथि, नाफा २०९% बढ्यो

0
Shares

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ५१ करोड ५३ लाख २६ हजार रुपैयाँ खुद बीमशुल्कसंकलन गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा २४.५५ प्रतिशतले धेरै हो ।

सर्वसाधारण्मा १५० रुपैयाँ प्रिमियम थपेर आईपअीओ ल्याउन लागेको यस कम्पनीले चालु आवको ९ महीनामा ४४ करोड ४५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवमा १४ करोड ३६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कम्पनीले २०९.४८ प्रतिशतले खुद नाफा बढाएको हो । कम्पनीको आम्दानी गत वर्षभन्दा बढी भएकाले खुद नाफा बढेको हो । यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको हो । बीमाङ्कीय मूल्याङ्कनपछि जीवन बीमा कम्पनीहरुको मुनाफा हेरफेर हुन सक्नेछ ।

गत आवको ९ महिना अवधिमा १९ करोड १ लाख कुल आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा ६२ करोड २३ लाख ३० हजार रुपैयाँ कुल आम्दानी गरेको छ । यस्तै चालु आवको ९ महिना अवधिमा कम्पनीको खर्च ४ करोड ६५ लाख बाट बढेर १७ करोड ७८ लाख पुगेको छ ।

कम्पनीले सर्वसाधारणमा अंकित मूल्यमा १५० रुपैयाँ ५० पैसा प्रिमियम थप गरी २५० रुपैयाा मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न गत फागुन १७ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीको कुल बीमा शुल्क करीब ३९ प्रतिशत बढी गर्दै २ अर्ब ८९ करोड ७२ लाख पुर्याएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले २ अर्ब ८ करोड ५७ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको थियो ।

चुक्ता पुँजी २ अर्ब २४ करोड रहेको कम्पनीको जगेडा कोषमा ८१ करोड ९२ लाख ६८ हजार तथा जीवन बीमा कोषमा ४ अर्ब ६१ करोड १८ लाख ७१ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको महाविपत्ति कोषमा नौ करोड १० लाख रुपैयाँ सञ्चिती रहेको छ । समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषमा ३७.०३ प्रतिशत, जगेडा कोष ८५ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीले कर्जा लगानी, बीमालेख धितोमा लगानी, अन्य प्रत्यक्ष आयबाट प्राप्त रकम ८३ प्रतिशतले वृद्धि भई १६ करोड ९० लाख रुपैयाँबाट बढेर ३० करोड ९७ लाख पुगेको छ । व्यवस्थापन खर्च ३० करोड १९ लाख २२ हजारबाट १७.७७ प्रतिशतले घटाएर २४ करोड ८२ लाख ७७ हजारमा झार्न सफल भएको छ । कम्पनीको व्यवस्थापन खर्च बाट यस आवमा २४ करोड ८२ लाखमा सीमित गर्न सफल भएको छ । कम्पनीको अभिकर्तालाई कमिशन १४ प्रतिशतले घटेर २९ करोड १८ लाखबाट २५ करोड १८ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको कुल दाबी भुक्तानी रकम १५०.५९ प्रतिशत बढी भएको छ । गत आवको चैतसम्म ५५३२ वटा दाबी वापत ३३ करोड १० लाख ७७ हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ३२८२ वटा दाबी वापत ८२ करोड ९६ लाख ५६ हजार भुक्तानी गरेको छ । कम्पनीले अब १२ वटा दाबीको ३३ करोड ४५ लाख २४ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको खुद बीमा शुल्क भुक्तानी ३३ करोड १० लाखबाट बृद्धि भई ८० करोड ७० लाख पुगेको छ ।

चालु आवको ९ महिनामा २ लाख ८८३ वटा बीमालेख बिक्री गरेको कम्पनीमा कुल ९ लाख ४१ हजार बढीबीमालेख बिक्री भएको छ । कम्पनीको घोषित बोनसदेर न्यूनतम २० देखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।