राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द, सेयरधनीको हात खाली

0
Shares

राष्ट्र उत्थान लघुवित्तले यसअघि प्रस्तावत गरेको लाभांश रद्द गरेको छ । बैशाख २८ गते साँझ ६ बजे बसेको ८७ औं बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको हो ।

कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर ०.७५ नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

वित्तीय विवरणको नाफा–नोक्सान बाँडफाँड हिसाबमा लाभांश बारेको निर्णय उल्लेख नगरी नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतार्थ पेश हुन गएको र दोस्रो पटक राष्ट्र बैंकलाई लाभांश वितरणको लागि आग्रह पनि गर्दा त्यस उपर कुनै कारवाही नभएकोले लाभांश प्रस्ताव रद्द गरिएको लघुवित्तले जनाएको छ । यससँगै लघुवित्तका सेयरधनीले गत आवको नाफाबाट कुनैपनि लाभांश नपाउने भएका छन् ।

लघुवित्तले आज नेप्से मार्फत लाभांश रद्द गरिएको जानकारी लिएको हो । जुन यस्तो छः–

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।