नेपाल लाइफको खुद बीमाशुल्क पौने २७ अर्बमाथि, खुद नाफा साढे ४४ करोड बढी

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ अर्ब ८३ करोड ९२ लाख १६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म इन्स्योरेन्सले २५ अर्ब ९९ करोड ७९ लाख २ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क ३.२४ प्रतिशतले बढेको हो ।  इन्स्योरेन्सको व्यापार बढेसँगै नाफा पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो ९ महिनामा १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको इन्स्योरेन्सको खुद नाफा चैतसम्म ४४ करोड ६५ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ४८ करोड ६७ लाख ७४ हजार रुपैयाँ, जीवन बीमा कोषमा १ खर्ब ५७ अर्ब १६ करोड ९१ लाख ९६ हजार रुपैयाँ र महाविपत्ती कोषमा ८३ करोड ३७ लाख १३ हजार रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ९.४० प्रतिशत, जीवन बीमा कोष १९.८२ र महाविपत्ती कोष १५.४९ प्रतिशतले बढेको छ ।

नाफा धनात्मक भएसँगै इन्स्योरेन्सको प्रति सेयर आम्दानी ३ रुपैयाँ १६ पैसा ऋणात्मकबाट ७ रुपैयाँ २५ पैसा धनात्मक भएको छ । इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा र मूल्य आम्दानी अनुपात ९३.१९ गुणा छ । विवरण अनुसार इन्स्योरेन्सले ११ अर्ब ८२ करोड २४ लाख ५० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले १० अर्ब ६० करोड ८६ लाख ४ हजार रुपैयाँ दाबी भुक्तानी गरेकोमा ११.४४ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले २९ अर्ब ५६ करोड ७८ लाख ६२ हजार रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेर १ अर्ब ३७ करोड ८७ लाख ९१ हजार आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २०.९१ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा २३ अर्ब २२ करोड ८६ लाख १५ हजार रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेर १ अर्ब ७४ करोड ३३ लाख ८० हजार आम्दानी गरेको थियो ।

कम्पनीले पुनरबीमा कमिशन वापत हुने आय १ करोड ८० लाख ५६ हजारबाट घटेर ४९ लाख ४१ हजार मात्र आम्दानी भएको छ । यस्तै लगानी कर्जा तथा अन्यबाट हुने आम्दानी ६ अर्ब ४७ करोड ६७ लाख २० हजारबाट २ अर्ब ७६ करोड ४१ लाख (२७.२९ प्रतिशत) रुपैयाँले बढेर ९ अर्ब २४ करोड ८ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल बीमाशुल्क २०.३६ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २६ अर्ब ४३ करोड ९७ लाख ६२ हजार रुपैयाँ रहेकोमा २७ अर्ब २५ करोड ७६ लाख ५८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सो अवधिसम्म नेपाल लाइफमा १० लाख १० हजार ८७६ बीमालेख कायम छन् । गत आवको सोही अवधिमा १३ लाख ९९ हजार ९०८ वटा रहेको थियो ।

चैत मसान्तसम्म कम्पनीले ६२ हजार ४३ वटा दाबी वापत १० अर्ब ९५ करोड ३४ लाख ९६ हजार भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा ४८ हजार ९७५ वटा दाबी वापत ९ अर्ब ३३ करोड ९३ लाख ६ हजार भुक्तानी गरेको थियो । अब ८४ करोड ६३ लाख ६ हजार भुक्तानी गर्न बाँकी छ । नेपाल लाइफले बीमितलाई आव २०७८।७९ का लागि ५६ देखि ८२ रुपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।