मोदी इनर्जीको आईपीओ बाँडफाँडको नतिजा कसरी हेर्ने ?

0
Shares

मोदी इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बैशाख ३१ गते आइतबार बाँडफाँड भएको छ । बाँडफाँडमा कुल आवेदक १२ लाख ३६ हजार २६९ मध्ये ४५.४० प्रतिशत अर्थात ५ लाख ६१ हजार २२६ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेका छन् । ६ हजार ५२८ वटा आवेदन रद्द भएको छ भने ६ लाख ६८ हजार ५१५ जना योग्य आवेदकले पनि सेयर प्राप्त गर्न सकेनन् ।

हाइड्रोपावर कम्पनीको आईपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आईपीओ बाँडफाँडको नतिजा लगानीकर्ताले विभिन्न चार तरिकाबाट हेर्न सकिन्छ । जुन निम्नअनुसार रहेका छन् ।

१. सिडीएससीले आईपीओको नतिजा हेर्नकै लागि सञ्चालनमा ल्याएको वेबसाइटबाट

२. बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको वेबसाइटबाट

३. मेरो सेयरको वेबसाइटमा रहेको आईपीओ भरेको रिर्पोटबाट

४. धितोपत्र निष्कासनकर्ता कम्पनी मोदी इनर्जी लिमिटेडको वेबसाइटबाट

आईपीओको अन्तिम नतिजा धितोपत्र निष्कासनकर्ता कम्पनी मोदी इनर्जी लिमिटेड छनौट गरी आफ्नो १६ अंकको हितग्राही खाता नम्बर राखि हेर्न सकिन्छ ।

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।