बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Shares

नेपाल प्रहरीले बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार झापा, कचनकवल गाउँपालिका–५ घर भएका ३४ वर्षीय धर्मनारायण गणेशलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७८ फागुन ९ गतेको फैसलाले उनलाई बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख ५२ हजार रूपैयाँ जरिवानाको निर्णय सुनाएको थियो । यस्तै पीडित राहत कोषमा ३० हजार ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय ठहर भएपनि उनी त्यसयता फरार रहेका थिए ।

फैसला कार्यन्वयनको लागि उनलाई जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।