प्रभु बैंकले विद्युतीय सवारीमा लगानी गर्न लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेजबाट भित्र्यायो ५० लाख डलर


प्रभु बैंकले लक्जम्बर्गबाट ५० लाख डलर रकम नेपाल भित्र्याएको छ । बैंकले लक्जेम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख डलर बराबरको ऋण सुबिधा ल्याएको हो ।

विश्व बाताबरण दिवसको अवसरमा हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ बर्ष अबधिका लागि उक्त रकम बैंकले प्राप्त गरेको जनाएको छ ।

जलवायु परिवर्तनले आक्रन्त विश्व, यस्को प्रभावबाट मुक्ति पाउन प्रयासरत रहेको अवस्थामा प्रभु बैंकले उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारी साधनको खरिद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराउने बैंकले जनाएको छ ।

वैकल्पिक उर्जा तथा एमएसएमई व्यबसाय पवर्दनका लागि लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको बैंकले जनाएको छ । निकट भबिष्यमै उक्त पहलले सार्थकता पाउनेमा बैंक विश्वस्त रहेको बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।