स्ट्याण्डर्ड चार्टर्ड बैंकको आयोजनामा नेपाल राष्ट्र बैंक र स्ट्याण्र्डड चार्टड बैंकबीच नेपालमा ब्लकचेन प्रविधि र डिस्ट्रीब्युटेड लेजर टेक्नोलोजीको प्रयोगको बारेमा छलफल भएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले डिजिटल ट्रेड नेटवर्क–कन्टोरसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो । नेपालमा ब्लकचेन र डिष्ट्रीब्युटेड लेजर प्रविधिको विषयलाई लिएर अलमल भएको अवस्थामा कन्टोर नेटवर्कका पदाधिकारीहरुले नेपालको व्यापार सुदृढीकरणका लागि ब्लकचेनको भूमिकाका विषयमा जानकारी गराएका थिए ।
विश्वका विभिन्न देशहरुमा ट्रेड फाइनान्सीङका लागि ब्लकचेन प्रविधि प्रयोग गर्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपालमा पनि यसको सम्भाव्यताका विषयमा छलफल गर्ने पहिलो बैंक भएकोमा आफूहरु हर्षित भएको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिरवन घोश दस्तीदरले बताए ।
पछिल्लो समयमा विभिन्न देशहरुले ट्रेड फाइनान्सीङका लागि डिष्ट्रीब्युटेड लेजर टेक्नोलोजीको प्रयोग गर्दै आएका छन् । टे«ड फाइनान्सीङका लागि प्रयोग गरिने प्रतीतपत्र दिँदा हुने अनियमितता नियन्त्रणका लागि पनि डिष्ट्रीब्युटेड लेजर प्रविधि (डीएलटी)ले सहयोग पु¥याएको छ ।
डीएलटीले एउटै प्लेटफर्ममा खरिदकर्ता र बिक्रेताबीच ब्यापार पहुँच बढाउनुका साथै तत्कालीन समयमा खरिदकर्ता र बिक्रेताबीच सूचना प्रदान गर्ने गर्छ । अतः ट्रेड फाइनान्सीङका लागि प्रयोग गरिने प्रतीत पत्रको तुलनामा डिएलटी बहुउपयोगी रहेको छ ।
कार्यक्रममा नेपालमा ब्लकचेन र डिएलटीको प्रयोग र यसको सम्भावनाका विषयमा छलफल भएको छ । कार्यक्रममा कन्टोर नेटवर्कले ट्रेड फाइनान्सीङमा डीएलटीको प्रयोग गरी डेमो दिएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया