कामना सेवा विकास बैंकद्धारा लाभांश संकलन गर्न अनुरोध

0
Shares

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७३–७४ को नगद लाभांश नलिएका सेयरधनीहरूलाई नगद लाभांश लिन अनुरोध गरेको हो । एक महीनाभित्र बैंकको सेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

तोकिएको समयभित्र नगद लाभांश लिन नआएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।