असारमा पनि निक्षेपको ब्याजदर स्थीर राख्ने बैंकर्स संघको निर्णय

0
Shares

नेपाल बैंकर्स संघले आगामी महिना अर्थात असारमा पनि निक्षेपको ब्याजदर स्थीर राख्ने निर्णय गरेको छ ।

मंगलबार विहान बसेको संघको बैठकले असार महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । संघले गत वैशाख महिनामा तोकेको ब्याजदरलाई नै निरन्तरता दिने भएको हो । जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर चलाएका थिएनन् ।

बैंकर्स संघले बैशाख महिनामा ब्याजदर घटाएर व्यक्तिगत मुद्धति निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्धति निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

वाणिज्य बैंकहरुले वैशाख १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका थिए । बैंकहरुले निक्षेपको ब्याज १.०१ प्रतिशतले घटाएर थिए । अहिले कल डिपोजिटको ब्याजदर २.७ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।