ऋण लिने कोही पनि पीडित हुँदैन : गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय संस्थाबाट ऋण लिने व्यक्ति कोही पनि पीडित नहुने बताएका छन् । उनले ऋण लिने ‘वेनिफिसियर’ हुने भएकाले कर्जा तिर्नुपर्ने बताएका हुन् ।

ऋण लिएपछि तिर्नुपर्छ भन्दै गभर्नरले कर्जा तिरेपछि मात्र अन्य कुरा हुने बताए । नेपाल म्यानेजमेन्ट संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा राखेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना अवधिमा दिएको सुविधा सधैँ हुनुपर्छ भनेर उद्योगी व्यवसायीले आशा गर्न नहुने बताए ।

मौद्रिक नीति बनाउने केन्द्रीय बैंकको प्रक्रिया निकै रहेको बताउँदै उनले भने,“ कुनै पनि विषय मिटिङ मार्फत निर्णय हुन्छ । एक व्यक्तिको निर्णय हुँदैन ।” आगामी आर्थिक वर्षको मौद्रिक नीति पनि सामुहिक प्रक्रियाबाट अर्थतन्त्रको अवस्था अनुसार आउने उनले बताए । केन्द्रीय बैंकको उद्देश्य केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रीक नीति आउने उनले बताए ।

अर्थतन्त्रलाई थप चलायमान बनाउन ठूलो आकारको बजेट ल्याएको बताउँदै गभर्नर अधिकारीले भने,“बजेटले लिएको ऋण लिने लक्ष्य धेरै छैन । यसमा धेरै चिन्तित हुनु पर्दैन जस्तो लाग्छ ।” बजेटले एक खालको इण्डिकेसन दिएको हुनाले सोही अनुसार आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने उनको भनाइ छ ।

माइक्रोफाइनान्स एजेन्सी केन्द्रीय बैंकबाट नियमन गरेका संस्था भएकाले त्यसलाई थप प्रभावकारी बनाउन अध्ययन कमीटी बनाइ सुझाव संकलनको काम भैरहेको उनले जानकारी दिए । “आगामी दिनमा केन्द्रीय बैंकले माइक्रोफाइनान्सका लागि कस्तो नीति लिने वा कुन बाटोमा लौजाने भन्ने कुरा धेरै हदसम्म त्यो समितिको रिपोर्टमा भर पर्छ,” उनले भने,“यत्तिकै छोड्दैनौं ।”

सडकमा हल्ला खल्ला गर्दैमा लघुवित्तको योगदान विर्सन नहुने उनको तर्क छ । केही संस्थाले विकृति गर्यो भने ती कारबाहीको दायरामा आउने उनले बताए । तर, समग्र माइक्रोफाइनान्स प्रणाली नै गलत भन्न नहुने उनको तर्क छ । “त्यसैले केन्द्रीय बैंकले यी संस्थालाई नियमन गर्ने र ठाउँमा ल्याउने काम गर्छ । कहिँ कसैले अन्यथा सोच्नु पर्देन,” उनले थपे ।

सहकारीको सन्दर्भमा दोस्रो चरणको नियामक निकाय बन्ने कुरा बजेटमा पनि रहेको बताउँदै उनले आगामी वर्ष नै काम सुरु गर्ने गरी त्यस्तो संस्था स्थापना हुने जानकारी दिए । वित्तीय कारोबार गर्ने संस्थामा रनको अवस्था आएमा केहीले पनि रोक्न नसक्ने उनी बताउँछन् । मर्जरको नीतिले राम्रै नतिजा दिएको बताउँदै उनले यसको विस्तृत अध्ययन जरुरी भएको औंल्याए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार  २१ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।