साग फुटबलको फाइनल खेलका लागि एक करोड ४ लाखको टिकट बिक्री

0
Shares

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम दिन पुरुष फुटबलको फाइनल खेल हेर्नका लागि एक करोड चार लाख रुपैयाँको टिकट बिक्री भएको छ।

मंगलबार दशरथ रंगशालामा हुने आयोजक राष्ट्र नेपाल र भुटानबीचको फुटबल फाइनल खेल हेर्नका लागि एक करोड चार लाख रुपैयाँको टिकट बिक्री भएको इसेवाका प्रेस सल्लाहकार विष्णु पोखरेलले जानकारी दिए ।

उनका अनुसार इसेवा मार्फत एक हजार दरका आठ हजार र दुई हजार दरका एक हजार दुई सय वटा टिकट बिक्री भएका छन्।

यसअघिका खेलहरुमा पाँच सय र एक हजार दरका मात्र टिकट राखेको इसेवाले फाइलन खेलका लागि भने एक हजार र दुई हजार दरका टिकट राखेको छ।

फाईलन खेलका लागि सोमबार नै टिकट बिक्री सकिएको थियो। रंगशालाको क्षमाताअनुसार टिकट बुकिङ्ग एक दिन अघिनै सकिएपछि थुप्रै दर्शकले रंगशाला भित्रै गएर फाइनल खेल हेर्न नपाउने भएका छन्।

करिव १५ हजार क्षमाताको प्याराफिटमा अतिविशिष्ट, विशिष्ट, आयोजक, खेलाडी तथा उनीहरुका आफन्त, अफिसियल, संचारकर्मी गरि करिव छ हजार पास छन्।

नेपाल र भुटानबीचको फाइनल फुटबल मंगलबार दिउँसो ३ बजे सुरु हुनेछ।