सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ को इकाई नेप्सेमा सूचीकृत

0
Shares

‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ को इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । प्रतिइकाई दश रुपैयाँ अंकित दरमा फन्डको ८ करोड ५ लाख ८० हजार इकाई आइतबार सूचीकृत भएको हो ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच असार ३१ गते आइतबार प्रतिइकाई मूल्य १० रुपैयाँ दरका १ देखी ८ करोड ५ लाख ८० हजार इकाई सामूहिक लगानी कोष सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । सामूहिक लगानी कोष (इकाई) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असार २६ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो ।

सूचीकरण सम्झौताको दोस्रो दिनबाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार सुरु हुने प्रावधान अनुसार साउन १ गते सोमबारदेखिदोस्रो बजारमा इकाई खरिद बिक्रीमा आउनेछ । कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त धितोपत्रको स्टक सिम्बोल एसआईजीएस–३ (SIGS-3) कायम गरिएको छ ।

यस्तै पहिलो कारोबारका लागि १० रुपैयाँ कारोबार रेञ्ज दिएको छ । फन्डको इकाई साउन १ गते सोमबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि वैशाख १० गतेसम्म सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ को प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरले हुन आउने १२ करोड इकाई बिक्री खुल्ला गरेको थियो । तर सबै इकाई बिक्री नभएपछि फन्डको आकार पनि १ अर्ब २० करोडबाट घटेर ८० करोड ५८ लाख रुपैयाँमा अुम्चिएको छ ।

‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गतको बन्दमुखी योजना हो । जसको योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल र योजना प्रवद्र्धकमा सिद्धार्थ बैंक रहेको छ । सिद्धार्थ क्यापिटल सिद्धार्थ बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

कम्पनीको प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका वडा नम्बर १, नक्साल, काठमाडौं रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।