विकास बैंकको खुद नाफा ६ अर्ब १९ करोडमा खुम्चियो

0
Shares

अधिकांश विकास बैंकको नाफा घटेपछि गत आर्थिक वर्षमा नाफा घटेको छ । गत आवमा विकास बैंकहरुले ६ अर्ब १९ करोड ३ लाख ५१ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा विकास बैंकहरुले ६ अर्ब ६७ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा विकास बैंकहरुको नाफा ६.६७ प्रतिशत घटेको हो ।

वित्तयि विवरण प्रकाशन गरेका १५ मध्ये ९ बैंकहरुको खुद नाफा घटेपछि समग्र नाफा प्रभावित बनेको हो । गत आवमा वित्तीय विवरण सार्वजनिक गरेका ६ वटाको बैंकको मात्र नाफा बढेको छ ।

मुक्तिनाथले कमायो सर्वाधिक, नारायाणी नोक्सानीमा

गत आवमा नारायणी डेभलपमेन्ट बैंकबाहेक सबै १४ विकास बैंकहरु नाफामा रहेका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकले भने वित्तीय विवरण प्रकाशन गरेको छैन ।

विगतका वर्ष झै यस वर्ष पनि नाफामा एक अर्ब ३६ करोड ३८ लाख खुद नाफा गर्दै मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा रहेको छ । अघिल्लो आवको तुलनामा बैंकले गत आवमा १.६४ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

यस्तै गरिमा विकास बैंकले अघिल्लो आवको तुलनामा १८.१९ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै शाइन रेसुङ्गाले पनि २१.२९ प्रतिशतले नाफा वृद्धि गर्दै ७८ करोड ६८ लाख २६ हजार कमाएको छ ।

लुम्बिनी विकास बैंकको खुद नाफा भने ३.८८ प्रतिशत घटेर ६१ करोड २४ लाख ८२ हजारमा खुम्चिएको छ । ज्योति विकास बैंकले ५५ करोड ३२ लाख १हजार खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १७.४३ प्रतिशत कम हो ।

यसैगरी गत आवमा महालक्ष्मी विकास बैंकको खुद नाफा ४७.९५ प्रतिशत घटेर ४७ करोड ९ लाख ६२ हजारमा सीमित भएको छ ।कामना सेवा विकास बैंकको पनि गत आवमा २६.९३ प्रतिशतले नाफा घटेको छ । सो बैंकले ४३ करोड ११ लाख ९८ हजार खुद नाफा कमाएको छ । यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ३४.८० प्रतिशतले घटेर ३४ करोड ३७ लाख २१ हजार कायम भएको छ ।

प्रादेशिक स्तरका विकास बैंकहरुमा मितेरी डेभलपमेन्ट बैंकले ८.४२ प्रतिशतले नाफा बढाउँदै १६ करोड २ लाख ९९ हजार नाफा कमाएको छ ।एक्सेल डेभलपमेन्ट बैंकको नाफा १२ करोड ६५ लाख ५७ हजार छ । अघिल्लो आवको तुलनामा बैंकले ३१.२१ प्रतिशतले नाफा बढाएको हो ।
अघिल्लो आवमा ३ करोड७९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको कर्णली डेभलपमेन्ट बैंकले गत आवमा ४ करोड ४३ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । यता नारायणी डेभलपमेन्ट बैंकको खुद नाफा भने ५ करोड ४२ लाख ४८ हजारबाट ४६.२८ प्रतिशतले घटेर २ करोड ९१ लाख ४२ हजारमा संकुचित बनेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफा ३९८ प्रतिशत बढेर १ करोड ८५ लाख १४ हजार पुग्दा ग्रीन डेभलपमेन्ट बैंकको १ प्रतिशत घटेर १ करोड ८४ लाख ८९ हजार रहेको छ । सबैभन्दा कम नाफा कमाएको सिन्धु विकास बैकले १ करोड ३४ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा ४ करोड ६३ लाख नाफा आर्जन गरेको बैंकको नाफा गत आवमा १७ प्रतिशत घटेको हो ।

Devlopment Bank Net Profit in Thousand
S.N. Bank  FY 2079-80 FY 2078-79 Change %
1 Muktinath Bikas Bank 1363867.52 1341805.287 1.64
2 Garima Bikas Bank 1217371.749 1030013.992 18.19
3 Shine Resunga Development Bank  786826.078 648707.271 21.29
4 Lumbini Bikas Bank Ltd 612482.804 637193.265 -3.88
5 Jyoti Bikas Bank 553201.174 670001.152 -17.43
6 Mahalaxmi Bikas Bank 470962.706 904796.451 -47.95
7 Kamana Sewa Bikas Bank Limited 431198.781 590085.285 -26.93
8 Shangri-la Development Bank 343721.984 527173.662 -34.80
9 Miteri Development Bank 160299.52 147853.298 8.42
10 Excel Development Bank 126557.068 96456.092 31.21
11 Karnali Development Bank Limited 44313.474 -37929.36 -216.83
12 Narayani Development Bank Limited -29142.398 -54248.213 46.28
13 Corporate Development Bank Limited 18514.154 3717.095 398.08
14 Green Development Bank 18489.106 18675.072 -1.00
15 Sindhu Bikas Bank  13403.342 46300.018 -71.05
Total 6132067.062 6570600.367 -6.67

 

गरिमा विकास बैंकको इपीएस सर्वाधिक, नारायणीको ११ रुपैयाँ धेरै ऋणात्मक

गरिमा विकास बैंकको वार्षिक प्रति सेयर आम्दानी (इपीएस) सर्वाधिक २३ रुपैयाँ ४७ पैसा रहेको छ भने मुक्तिनाथको २१ रुपैयाँ २४ पैसा छ ।अघिल्लो आवको तुलनामा गरिमाको इपीएस ९८ पैसा तथा मुक्तिनाथ विकास बैंकको ३४ पैसाले बढेको हो ।

यस्तै गत आवमा शाइन रेसुङ्गाको १८ रुपैयाँ ३७ पैसा, लुम्बिनी विकास बैंकको १८ रुपैयाँ ११ पैसा, मितेरी डेभलपमेन्टको १५ रुपैयाँ ७९ पैसा, कामना सेवाको १३ रुपैयाँ १४ पैसा, ज्योति विकास बैंकको १२ रुपैयाँ ५८ पैसा, महालक्ष्मी विकास बैंकको ११ रुपैयाँ २९ पैसा, सांग्रिला डेभलपमेन्ट बैंकको १० रुपैयाँ ५२ पैसा र एक्सेल डेभलपमेन्ट बैंकको १० रुपैयाँ १३ पैसा छ ।

गत आवमा कर्णाली डेभलपमेन्ट बैंकको ८ रुपैयाँ ८१ पैसा इपीएस कायम हुँदा कर्पोरेट डेभलपमेन्ट बैंकको ३ रुपैयाँ ५३ पैसा छ । यस्तै ग्रीन डेभलपमेन्ट बैंकको ३ रुपेयाँ ४२ पैसा छ । सिन्धु विकास बैंकको वार्षिक प्रति सेयर आम्दानी २ रुपेयाँ ४० पैसा रहँदा नाेक्सानीमा रहेकाे नारायणी डेभलपमेन्ट बैंकको वार्षिक इपीएस ११ रुपैयाँ २ पैसा ऋणात्मक रहेको छ ।

Devlopment Bank Earning Per Share (RS)
S.N. Bank  FY 2079-80 EPS  FY 2078-79 EPS Change (RS)
1 Garima Bikas Bank 23.47 22.49 0.98
2 Muktinath Bikas Bank 21.24 20.9 0.34
3 Shine Resunga Development Bank  18.37 17.16 1.21
4 Lumbini Bikas Bank Ltd 18.11 19.4 -1.29
5 Miteri Development Bank 15.79 16.37 -0.58
6 Kamana Sewa Bikas Bank Limited 13.14 18.78 -5.64
7 Jyoti Bikas Bank 12.58 15.7 -3.12
8 Mahalaxmi Bikas Bank 11.29 22.56 -11.27
9 Shangri-la Development Bank 10.52 17.51 -6.99
10 Excel Development Bank 10.13 8.37 1.76
11 Karnali Development Bank Limited 8.81 -7.54 16.35
12 Corporate Development Bank Limited 3.53 0.74 2.79
13 Green Development Bank 3.42 3.6 -0.18
14 Sindhu Bikas Bank  2.4 8.31 -5.91
15 Narayani Development Bank Limited -11.02 -27.56 16.54

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।