तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

0
Shares

नेपाल राष्ट्र बैंकले नियम विपरित रहेर काम गरेको तीन वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कर्जा निक्षेप अनुपात नपुर्याएको र पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको भन्दै कारवाही गरेको हो।

राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो। प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा/निक्षेप अनुपात कायम नगरेकोमा केन्द्रीय बैंकले कारबाही गरेको हो।

केन्द्रिय बैंकले प्राइम बैंकलाई पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पति गणना गर्दा वास्तविक भन्दा कम गरेकोले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

यस्तै कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै जरीवाना गराएको छ। कुमारी बैंकले ५९ लाख रुपैयाँ जरीवाना तिरेको छ भने हिमालयन बैंकले १ करोड ३९ लाख रुपैयाँ जरीवाना तिरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।