क्यापिटल म्याक्स सेक्युरिटिज र सनराईज क्यापिटलबीच पोर्टफोलियो व्यवस्थापनको सम्झौता

0
Shares

क्यापिटल म्याक्स सेक्युरिटिजले सनराईज क्यापिटलसँग पोर्टफोलियो व्यवस्थापनको सम्झौता गरेको छ ।

यस सम्झौता अनुरुप क्यापिटल म्याक्सका हरेक ग्राहकहरुलाई सनराईज क्यापिटलले पोर्टफोलियो व्यवस्थापनमा ५० प्रतिशत छुट दिनेछ।

यसरी भारी छुट दिएर पोर्टफोलियो व्यवस्थापन गरीदिने सो सम्झौता अनुरुप सनराईज क्यापिटलले दक्ष तथा अनुभवि जनशक्ति प्रयोग गर्ने र ८ प्रतिशतसम्मको मुनाफा हरेक वर्ष नभएसम्म कुनैपनि पर्फमेन्स शुल्क नलिने कुरा सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले जनाए ।

क्यापिटल म्याक्स सेक्युरिटिजका कार्यकारी अध्यक्ष अतितलाल श्रेष्ठले पोर्टफोलियो व्यवस्थापन अनुरुप सेयर बजारमा हुने अनियमित उतार चढावबाट सिर्जना हुन सक्ने जोखिम र अनिश्चितताको सनराईज क्यापिटलले धेरै हदसम्म न्युनिकरण गरिदिने बिश्वास दिलाए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।