प्रधानाध्यापक र खातावाला शिक्षक मिलेर विद्यालयको १६ लाख हिनामिना

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामजनता निम्न माध्यमिक विद्यालय सर्लाहीका प्रधानाध्यापक रामलखन चौधरी र खाता संचालक जगदिश राय यादवले विद्यालयको १६ लाख रकम हिनामिना गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

उनीहरुले जिल्ला शिक्षा कार्यालय सर्लाहीबाट विद्यालयका लागि दुईकोठे भवन र छात्रा शौचालयका लागि प्राप्त सोह्र लाख तीन हजार पाँच सय सत्र रुपैयाँ हिनामिना गरेको अख्तियारको भनाई छ ।

चौधरी र यादवले विद्यालयको भौतिक, छात्रवृत्ति, पाठ्यपुस्तक, गैर हाजिर शिक्षकको तलब, माटो पुर्ने, घेरावेरा, शिक्षक स्टाफहरुको विद्यालयमार्फत जम्मा गर्नुपर्ने सामाजिक सुरक्षा कर र नागरिक लगानी कोषको रकम हिनामिना गरेका थिए ।

नेपाल सरकारको रकम आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानी र्पुयाउने नियतले खाई मासी हिनामिना गरेको स-प्रमाण पुष्टि भएको देखिंदा निज प्रधानाध्यापक रामलखन चौधरी र शिक्षक जगदिश राय यादवको उक्त कार्य भ्रष्टाचार ठहरीकाले भष्ट्रचार निवारण ऐन बमोजिम सजाय गरी हानि नोक्सानी भएको बिगो माग गरिएको छ ।

अख्तियारले सामाजिक सुरक्षा करवापतको रकम र नागरिक लगानी कोषको रकम विद्यालयमार्फत सम्बन्धित कार्यालयमा जम्मा गर्ने र बाँकी रकम चौध लाख सन्तानब्बे हजार चार सय तीन रुपैयाँ पैसा त्रियासी नेपाल सरकारलाई दिलाई भराई पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।