सुपर लघुवित्तको व्यवस्थापनमा राष्ट्र बैंक, संयोजक निर्मल कुमार कार्की

0
Shares

नेपाल राष्ट्र बैंकले समस्या ग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनको जिम्मा लिएको छ । केन्द्रीय बैंकले खुला प्रतिस्पर्धाबाट संस्थाको व्यवस्थापन संयोजकमा निर्मल कुमार कार्कीलाई नियुक्त गरेको हो ।

केन्द्रीय बैंकले ग्रामीण विकास बैंक पछि सुपर लघुवित्त वित्तिय संस्थाको व्यवस्थापन लिएको हो । ग्रामीण विकास बैंकमा सरकारी लगानी रहेको थियो । निजी क्षेत्रको लगानी सञ्चालन भएको लघुवित्तको व्यवस्थापन केन्द्रीय बैंकले लिएको यो नै पहिलो हो ।

सुपर लघुवित्त वित्तीय संस्थामा करिब ३१ अर्ब रुपैयाँ बरावरको वित्तीय अपचलन भएपछि केन्द्रीय बैंकले समस्या ग्रस्त घोषणा गरेको थियो । संस्थाका अध्यक्ष तथा सञ्चालक समितिका सदस्य प्रत्यक्ष सहभागी भई नक्कली ऋणी खडा गरी कर्जा दुरुपयोग गरेको तथा पुँजी कोष अनुपात १०.३१ प्रतिशतले नकारात्मक भएपछि २०७८ चैत २ गते शीघ्र सुधारात्मक कारबाही गर्दै समस्या ग्रस्त किन घोषण नगर्ने भन्दै केन्द्रीय बैंकले स्पष्टिकरण माग गरेको थियो ।

संस्थाले पेस गरेको स्पष्टिकरण चित्त बुभ्mदो नभएपछि २०७९ भदौ २२ गते समस्याग्रस्त घोषणा गरेको थियो । केन्द्रीय बैंकले समस्या ग्रस्त घोषणा गरेपछि संस्थाको व्यवस्थापन लिन आवश्यक प्रक्रिया अघि बढाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति प्रसाद नेपालले बताए ।

संस्थाको प्रारम्भिक अधययन अनुसार ३१ करोड रुपैया अपचलन भएको देखिएको बताउदै नेपालले भने,“३१ करोड अपचलन भएको पाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोलाई लेखी पठाएको हो ।” संस्थाको वित्तीय कारोबारको थप छानवनि गर्ने क्रममा अपचलन भएको रकम बढ्न सक्ने नेपालको भनाइ छ । “केन्द्रीय बैंकले तोकेको व्यवस्थापन गएपछि थप छानवीन सहित दैनिक कार्य सञ्चालन गर्ने तथा असुलीको गर्ने काम अघि बढ्छ,” उनले भने,“ संस्थालाइ छनोट भएका संयोजक र सदस्यलाई भदौ १५ गते सम्पर्क राख्न बोलाएको छौ । उहाँहरु आएपछि सक्दो छिटो संस्थाको जिम्मेबारी सम्हाल्न पठाउँछौ ।”

समस्याग्रस्त संस्थाको व्यवस्थापन संयोजकमा छनोट भएका कार्की केन्द्रीय बैंककका पुर्व कर्मचारी हुन । उनी केन्द्रीय बैंंकबाट उप निर्देशक तहबाट रिटायर्ड भएका थिए । केन्द्रीय बैंकबाट बाहिरएिपछि कार्कीले सामुदायीक लघुवित्त वित्तीय संस्थाका प्रमूख कार्यकारी अधिकृतको जिम्मेबारी समेत सम्हालेका थिए । नियामकमा बसेर काम गरेको अनुभव संगै लघुवित्त वित्तीय संस्थाको समेत नेतृत्व गरीसकेका कार्कीले संस्थालाई सुधार गरी पुर्ववत रुपमा फर्काउने केन्द्रीय बैंकको अपेक्षा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।